धनगढी । कञ्चनपुरबाट प्रहरीले अवैध भन्सार छ्लीका सामान नियन्त्रणमा लिएको छ ।
बिहिबार जिल्लाको बेलौरी नगरपालिका-१ खल्लाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.४१ हजार बराबरका बिडी, सुर्ती, पेयपदार्थ, मसला, बिस्कुट लगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामान प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।



















