धनगढी । कैलालीमा एक घरमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन ।
जिल्लाको मोहन्याल गाउँपालिका-७ ओखडेकोट बस्ने तुलाराम जैशीको घरमा गएराति आगलागी हुँदा घर र घर भित्र रहेका खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण आउन विवरण आउन बाँकी रहेको, आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको, आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













