धनगढी । कञ्चनपुरमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ जेठ ३० गतेको फैसलाले अपहरण व्यक्ति बेपत्ता सम्बन्धी कसुर मुद्दामा १० वर्ष कैद सजाय र रु.३ लाख जरिवाना तोकिएका कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ बस्ने ३५ वर्षीय बिरेन्द्र साउदलाई प्रहरी पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले साउदलाई शुक्रबार बिहान भारततर्फ गइ रहेको अवस्थामा भीमदत्त नगरपालिका-११ स्थित ७ नम्वर पिल्लर नजिकबाट पक्राउ गरेको जनाएको छ ।
यसैगरी, जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ चैत २३ गतेको फैसलाले लागूऔषध खैरो हिरोईन मुद्दामा १ वर्ष कैद सजाय तोकिएका दोधारा चाँदनी नगरपालिका-१० प्रधान टोल बस्ने ३१ वर्षीय गणेश सुनारलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले शुक्रबार विहान सोही न.पा.१० कालिका हाट बजारबाट पक्राउ गरेको जनाएको छ ।













