धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
शानिबार जिल्लाको धनगढी उपमहानगरपालिका-५ शिवनगर र कैलारी गाउँपालिका-३ भितरियाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.७३ हजार बराबरको टेन्टको कपडा, कस्मेटिक, किराना लगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।













