धनगढी । कैलालीबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन ।
सोमबार जिल्लाको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १०० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अबिशेक शर्मालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।













