धनगढी । कैलालीमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका उनीहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चेक अनदार मुद्दामा २ बर्ष कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका– ५ बस्ने ५८ वर्षीय महेशसिंह धामी,चेक अनदार मुद्दामै २ बर्ष कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–२ बस्ने ५२ वर्षीय भुपेन्द्रसिंह धामी र वैङ्किङ कसुर मुद्दामा १ महिना कैद सजाय र रु ७३ हजार जरिवाना तोकिएका बझाङको बित्थडचिर गाउँपालिका– ७ बस्ने ४७ वर्षीय रघुनाथ जोशी रहेका सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।



















