धनगढी । कैलालीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन ।
जिल्लाको धनगढी उपमहानगरपालिका-१२ लम्साल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९५० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय निशान भण्डारी र १५ बर्षिय किशोर रहेका प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।













