धनगढी । अछामबाट प्रहरीले दुई नाल भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्लाको साँफेबगर नगरपालिका-४ डाँडाखालसैन स्थित धामीतोला सामुदायिक बनमा खन्युको रुख मुनि लुकाई छिपाई राखेको बेबारिसे अवस्थामा दुई नाल भरुवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको तथा यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













