धनगढी । कैलालीमा सेफ्टी ट्यांकीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका-४ वाँस्कोटा स्थित बाजुराको बुढीगंगा नगरपालिका-७ घर भई हाल मामा घर गस्दै आएकी टपेशबहादुर के.सी.कि ५ वर्षीया छोरी शशिका मल्ल के.सी.को ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शशिका निर्माणाधिन ट्यांकीको खाल्टोमा परि मंगलबार दिउँसो डुबेर मृत अवस्थमा फेला परेकि प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।













