धनगढी । कैलालीमा पावर टिलर पल्टिदा चालकको मृत्यु भएको छ ।
जिल्लाको जानकी गाउँपालिका-८ आमपुर भक्रैयामा बुधबार बिहान सोही नगरपालिका-५ पथरैया बस्ने २५ वर्षीय नरेन्द्र चौधरीले चलाएको पावर टेलर अनियन्त्रीत भई पल्टिदा उनी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।













