धनगढी । कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चोरी मुद्दामा ३ महिना कैद सजाय र रु.७ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका-२ बस्ने सुरेश चौधरी र चोरी मुद्दामै ४ महिना १५ दिन कैद सजाय र रु.१० हजार ५ सय जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका-२ बस्ने जोगलाल चौधरी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।













