धनगढी । कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको बेतकोट नगरपालिका-५ धरमपुरस्थित चौधर नदीमा सोही ठाउँ बस्ने १३ वर्षीय गोकुल पन्त डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेर गम्भीर घइते भएका उनको उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा शुक्रबार साँझ मृत घोषणा गरेको जनाइएको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।






















