• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ३०, २०८३
☰
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २२ घण्टा 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ४ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • २. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ३. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ४. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ५. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

  • ६. एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

  • ७. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • ८. सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

  • ९. सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

  • १०. हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

रसुवामा रवि किरण हमालको खबरदारी :‘उद्धारमा ढिलाइ नगरौँ, अन्तर्राष्ट्रिय सहयोग र उच्च प्रविधि तत्काल ल्याऔँ’

  •   शनिबार, भदौ १३, २०८३ मा प्रकाशित

रसुवा । बाढी गएको दिनदेखि नै प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धारमा सक्रिय जेनजी अभियन्ता रवि किरण हमालले रसुवाको विपद् व्यवस्थापनलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। उनले तत्कालीन उद्धारसँगै स्वास्थ्य सुरक्षा र विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि समेत योजनाबद्ध कदम चाल्नुपर्ने बताएका छन्।

स्थानीय मेनाल्ड लामिछाने र उनका साथी सचिनसहित खाद्यान्न तथा केही मेडिकल सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका हमालले स्थलगत अवस्था अवलोकन गर्दै उद्धारका लागि आवश्यक उपकरण तथा प्रविधि पर्याप्त नभएको बताएका हुन्। उद्धारमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उनले टनेलभित्र, खोलाको छेउ तथा विकट स्थानमा फसेका नागरिकको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने र उच्च प्रविधिसहितका आवश्यक उपकरण परिचालन गर्नुपर्ने सुझाव दिएका छन्।

हमालले विपद्को वास्तविक क्षतिको यकिन विवरण अझै स्पष्ट हुन नसकेको भन्दै चार–पाँच हजारको सङ्ख्यामा मानिसहरू हराइरहेको हुन सक्ने आशंका समेत व्यक्त गरेका छन्। यस्तो अवस्थामा खोज तथा उद्धारलाई अझ व्यापक र तीव्र बनाउन राज्यका सबै संयन्त्र परिचालन गर्नुपर्ने उनको भनाइ छ।

उनले बाढी तथा पहिरोमा ज्यान गुमाएका नागरिक तथा जनावरका शव तत्काल व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिएका छन्। लामो समयसम्म शव तथा मृत जनावरहरू व्यवस्थापन हुन नसके स्वास्थ्य संकट थप गम्भीर बन्न सक्ने र संक्रामक रोग फैलिने जोखिम रहेको भन्दै उनले सम्बन्धित निकायलाई तत्काल सक्रिय हुन आग्रह गरेका छन्।

त्यस्तै, राहत सामग्रीको तत्काल व्यवस्थापन गरी स्थानीय सरकार, स्थानीय नागरिक, स्वयंसेवक तथा सामाजिक संघसंस्थालाई समेत प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने हमालको सुझाव छ। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार राहत तथा उद्धार सामग्री पुर्‍याउन स्थानीय तहलाई थप स्रोत, जनशक्ति र अधिकारसहित परिचालन गर्नुपर्ने उनले बताएका छन्।

हमालले तत्कालीन उद्धार र राहतसँगै बाढीका कारण विस्थापित भएका नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि बृहत्तर र योजनाबद्ध कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन्। घर, पूर्वाधार र जीविकोपार्जन गुमाएका परिवारलाई तत्कालीन राहतमा मात्र सीमित नराखी आवास, रोजगारी, शिक्षा, स्वास्थ्य र आधारभूत सेवासहित पुनःस्थापनाको समग्र योजना बनाउनुपर्ने उनको भनाइ छ।

प्रभावित नागरिकसँगको संवादका क्रममा सरकारप्रति विभिन्न गुनासा आएको हमालले बताए। विशेषगरी सूचना प्रवाहमा कमजोरी तथा राहत–उद्धारमा अपनाइएको एकद्वार प्रणालीका कारण आवश्यक सहयोग समयमा नागरिकसम्म पुग्न नसकेको गुनासो स्थानीयबाट आएको उनले बताए। साथै सरकारका तर्फबाट भएका केही गतिविधि धार्मिक तथा सामाजिक मूल्य–मान्यताविपरीत भएको भन्दै नागरिकले असन्तुष्टि व्यक्त गरेको पनि उनले जानकारी दिए।

उनले अन्तर्राष्ट्रिय सहयोग आवश्यक परे तत्काल स्वीकार गरी अत्याधुनिक उद्धार प्रविधि भित्र्याउन, हराइरहेका नागरिकको खोजी तीव्र बनाउन, शव तथा मृत जनावरको व्यवस्थापन गर्न र प्रभावित क्षेत्रमा स्वास्थ्य संकट फैलिन नदिन विशेष संयन्त्र परिचालन गर्न सरकारलाई आग्रह गरेका छन्।

हमालले आफ्नो टोली प्रभावित नागरिकसँग निरन्तर संवादमा रहने र तत्काल राहतसँगै विस्थापित परिवारको पुनःस्थापना तथा दीर्घकालीन सहयोगका लागि योजनाबद्ध रूपमा काम गर्ने बताएका छन्।

उनको मुख्य जोड स्पष्ट छसफसेका नागरिकको उद्धारमा ढिलाइ नगर्ने, आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग र उच्च प्रविधि तत्काल प्रयोग गर्ने, स्वास्थ्य संकट आउन नदिने, राहतमा स्थानीय सरकार र नागरिकलाई परिचालन गर्ने तथा विस्थापित परिवारलाई सम्मानजनक रूपमा पुनःस्थापित गर्ने।

 

शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाको राजीनामा स्वीकृत
कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित
अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट
प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित
प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित
नवरात्रको छैटौँ दिन : आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

समाचार

सबै

सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाको राजीनामा स्वीकृत

कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित

अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट

प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित

सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाको राजीनामा स्वीकृत

कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित

अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट

प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित

विशेष

सबै
पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २२ घण्टा 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ४ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

  • १.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • २.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ३.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ४.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ५.
    Dipendra Gurung : A Rising Taekwondo Athlete

  • ६.
    एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.