डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख मौलिक तथा सांस्कृतिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भाद्र शुक्लपक्ष पञ्चमीका दिनदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन आज घर–घरमा बिरुडा राखेर मनाइँदैछ।
गौरा पर्वको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भन्ने गरिन्छ। यस दिन व्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी मिसाएर तयार पारिने ‘बिरुडा’ भिजाउने चलन छ। बिरुडा भिजाएसँगै गौरा पर्वको औपचारिक सुरुआत हुने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ।
गौरा पर्व सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको महत्वपूर्ण पर्व हो। पर्वका अवसरमा महिला तथा पुरुषले विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै गौरा देवीको पूजा–आराधना गर्ने गर्दछन्।
गौरा पर्वमा बिरुडा भिजाउने, धुने तथा पूजा गर्ने लगायतका विभिन्न विधि परम्परागत रूपमा सम्पन्न गरिन्छ ।
छिल्लो समय सुदूरपश्चिममा मात्रै नभई देशका विभिन्न






















