धनगढी । कैलालीमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
जिल्लाको टीकापुर नगरपालिका-६ बाणीघाट पुलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.६७ हजार ८ सय बराबरको मोटरसाइकलका विभिन्न पार्टपुर्जा लगायतका सामानहरु मंगलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त सामान ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।






















