• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ३०, २०८३
☰
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २३ घण्टा 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ४ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • २. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ३. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ४. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ५. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

  • ६. एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

  • ७. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • ८. सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

  • ९. सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

  • १०. हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

  •   बुधबार, भदौ १७, २०८३ मा प्रकाशित

बझाङ । रोल परी सोह्र घर छ्या, त्यई परी घर छैन

आलु राख्न्या छानु छियो, स्याउ राख्न्या ठौर छैन…

बगैँचामा लटरम्म फलेको स्याउ देखाउँदै गीत सुनाउँदा भरूनी थापाको अनुहारमा पीडा झल्किन्थ्यो । १६ वर्षको मेहेनत बगैँचामा फल बनेर झुल्दा पनि बेचैन छ उनको मन ।

रूखका हाँगा स्याउले झुकेका छन् । हाँगामा मात्रै नभई बोट नै अडेस लागेको छ । बगैँचा राताम्य छन् । बगैँचा हेरेर उत्सव मनाउनुपर्ने परिवार ‘स्याउ कहाँ बेच्ने ?’ चिन्तामै रुमल्लिएको छ ।

खप्तडछान्ना गाउँपालिका–६ राजकोट स्थायी घर भएका थापा परिवारले वर्षौँको मेहनतपछि बगैँचामा फल देखेका थिए । केही वर्षयता नियमित देख्न पाइएको छ । “दिउँसोको उज्यालोमा झुलेको फल देख्न श्रीमान् वीरजनसहित छोराछोरीले हरेक दिन पालो लगाएर निन्द्रा कटाएका छौँ,” उनले भनिन् ।

भरूनीका अनुसार बाँदर, भालु, ओध, अरिङ्गाल, बँदेल र चराचुरूङ्गीबाट स्याउ जोगाउनुपर्छ । “वन्यजन्तुले आँखा झिमिक्क, माल गायब भनेजस्तै पारिदिन्छन् । त्यसैले चौबिसै घण्टा चौकीदार बस्नुपर्छ,” उनले भनिन् ।

यो समस्या एउटा बगैँचाको मात्रै होइन । खप्तडछान्ना–६ खालीगडामा स्याउ खेती गर्ने दर्जन बढी किसानको पीडा उस्तै छ ।

सोही वडा राजकोटका भीमबहादुर थापाले पनि वर्षभरिको मेहनत आँखै अगाडि खेर गइरहेको देखिरहेका छन् । “रातदिन नभनी स्याउकै हेरचाहमा छौँ । झरेर कुहिने र वन्यजन्तुले नोक्सान गरेर आधा भइसक्यो । बेचिने छाँटकाँट छैन,” उनी भन्छन् ।

जमिन बाँझो नराख्ने उद्देश्यले स्याउ खेती गरेका किसानका लागि उत्पादनभन्दा बजार ठुलो चुनौती बनेको छ । खालीगडाबाट सडक सञ्जाल पुगेको ठाउँसम्म पुग्नै दुई घण्टा पैदल हिँड्नुपर्छ । त्यसपछि पनि किसानले चाहेको समयमा सवारीसाधन पाउँदैनन् । पाए पनि ढुवानी खर्च महँगो छ । यस्तै दुःखको सागरमा रुमल्लिएको छ, खालीगडाको स्याउ ।

“बर्खाको समयमा स्याउ पाक्छ । त्यही समय पहाडी सडक अवरुद्ध हुन्छ । यातायात सञ्चालन नहुने र ढुवानी कठिन हुने भएकाले किसानको उत्पादन बगैँचामै थन्किन्छ,” खप्तडछान्ना–५ का किरण गिरीले सुनाए ।

उनका अनुसार कृषकले बजारसम्म पुर्‍याउँदा स्याउको मूल्यभन्दा ढुवानी खर्च महँगो पर्ने अवस्था छ । बाहिरबाट आउने सस्तो स्याउसँग स्थानीय किसानले प्रतिस्पर्धा गर्न नसकेको उनले बताए ।

बाहिरको स्याउले ओगट्यो बजार

बझाङका बजारमा अहिले भारतको हिमाचल प्रदेशको सिम्ला क्षेत्रबाट आउने स्याउ सहजै भेटिन्छ । नेपालकै जुम्ला, मुस्ताङको स्याउ पनि पर्याप्त छ । त्यसको मूल्य प्रतिकिलो करिब रु १५० देखि १७० सम्म पर्छ तर स्थानीय किसानले उत्पादन गरेको स्याउ बजारसम्म पुग्दा त्योभन्दा बढी खर्च लाग्छ ।

उपभोक्ताको घरसम्म पुग्दा स्थानीय स्याउ बाहिरबाट आएको स्याउभन्दा महँगो हुन जान्छ । त्यसपछि किसानसँग सस्तोमा बेच्नु वा बगैँचामै छोड्नुबाहेक विकल्प बाँकी रहँदैन ।

खप्तडछान्ना–६ तिउनेका नरेन्द्र थापा उपभोक्ताले स्थानीय स्याउको गुणस्तर र स्वादलाई प्राथमिकता नदिएको बताउछन् । “हाम्रो खालीगडामा विभिन्न जातका निकै स्वादिलो स्याउ छन् तर बगैँचामै प्रतिकिलो रु ८० मा दिन्छुभन्दा पनि किन्न मान्दैनन्,” उनले भने, “टाढा बजारसम्म पुर्‍याउँदा ढुवानी खर्च नै उठ्दैन । त्यहाँ पुर्‍याए पनि धेरै सस्तो दिनुपर्छ ।”

ठुलो क्षेत्रफलमा खेती गरेर बजार नपाउँदा आफूलाई पछुतो लागेको नरेन्द्र बताउँछन् । “उत्पादन गरेर मात्र हुँदो रहेनछ । बेच्ने बजार पनि चाहिने रहेछ । लहलहमै गरेको खेतीले उपयुक्त नतिजा दिएन । समय र लगानी व्यर्थै गयो भन्ने लाग्छ,” निराश हुँदै उनले आफ्नो व्यथा सुनाए ।

“ढुवानी खर्च दिए पनि बोक्ने मान्छे भेटिँदैनन्,” उनी भन्छन्, “उत्पादन हुने फलफूलको आधा भाग नै कुहिने, सड्ने र वन्यजन्तुको आहारा हुने अवस्था छ । बचेको स्याउले मूल्य नै पाउँदैन ।”

खालीगडाकै कृषक कैलाश खड्काले स्याउबाट आम्दानी गर्ने आशाले ८०० बोट रोप्नुभएको थियो । तीमध्ये करिब ३०० बोटमा लटरम्मै फलेका छन् । बगैँचा स्याउले भरिँदा उहाँलाई खुसी लाग्छ तर स्याउ टिपेर घरमा थुपारेपछि चिन्ता सुरु हुन्छ । “थुप्रिएको स्याउ बेला मौकामा बेचेर छोराछोरी पाल्न, पढाउन मुस्किल देख्छु,” उनी भन्छन्, “छोरी काठमाडौँ पढ्छे । स्याउकै पछि लाग्दा अहिले उसलाई दिने खर्च पनि उठाउन नसकिने अवस्था भयो । अब विदेशतिर जाने सोचिरहेको छु ।”

गत वर्ष उनले ज्याला दिएर डोकामा स्याउ बोकेर बाजुराको काँडा–डोगडीसम्म पुर्‍याए । तर, त्यहाँ पनि स्याउ किन्ने ग्राहक भेटिएनन् । स्याउ लिएर फर्कन सम्भव भएन । “कोदो, मूला, आलुसँग साटेर ल्याएका थियौँ । यो पटक पनि त्यस्तै गर्नुपर्ने छ,” उनले भने ।

गाउँघरमा स्याउ किनेर खाने मान्छे नै नभएको उनी बताउँछन् । “हाम्रोतिर गाउँ खालीजस्तै भइसके । खासै मान्छे नै छैनन् । टाढा पुर्‍याउन सक्ने क्षमता नै छैन । व्यवस्थित रस्टिक स्टोर भए बेसिजनमा पनि बेचिन्थ्यो कि !” उनी भन्छन्।

कृषकको सहारा बन्दै आरएसडिसी

कृषकको यही समस्यालाई सम्बोधन गर्न ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) ले स्याउ बजारीकरणको पहल थालेको छ ।

खप्तडछान्ना गाउँपालिकामा सहकारीमार्फत कृषि क्षेत्रमा काम गरिरहेको आरएसडिसीले थोरै भए पनि बजारसम्म पुर्‍याउने तयारी गरेको आरएसडिसीका कार्यक्रम संयोजक धिरेन्द्र रोकायाले बताए ।

रोकायाका अनुसार संस्थाले पहिलो चरणमा १० क्विन्टल स्याउ सङ्कलन गरी धनगढी पुर्‍याउने छ । किसानलाई सहज होस् भनेर ढुवानी खर्चको केही हिस्सा संस्थाले व्यहोर्ने उहाँले बताउनुभयो । “सिजनमा सबै ठाउँमा हुन्छ । त्यो मूल्यभन्दा सस्तो दिन सकेमा बजार पाउने आशा रहन्छ । त्योभन्दा बढी भए थन्किन सक्छ,” उनले भने ।

पहिलो चरण परीक्षण भएको र यसमा सफलता मिल्यो भने पछि ठुलो परिणाममा पठाउन सकिने उनले बताए । बजारले माग गरेमा उत्पादनसँगै सङ्कलन, ग्रेडिङ, प्याकेजिङ, भण्डारण, ढुवानीका लागि सहकारीलाई सशक्त बनाउने र कृषकलाई थप उत्पादनमा डोर्‍याउने सोचमा संस्था रहेको उनले बताए । रासस

 

बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाको राजीनामा स्वीकृत
कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित
अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट
प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित
प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित
नवरात्रको छैटौँ दिन : आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

समाचार

सबै

सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाको राजीनामा स्वीकृत

कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित

अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट

प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित

सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाको राजीनामा स्वीकृत

कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित

अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट

प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित

विशेष

सबै
पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २३ घण्टा 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ४ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

  • १.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • २.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ३.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ४.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ५.
    Dipendra Gurung : A Rising Taekwondo Athlete

  • ६.
    एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.