धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी धनगढीमा आयोजना गरेको छ।
गोष्ठीको उद्घाटन मन्त्रालयका मन्त्री प्रकाश रावलले गर्नुभएको हो। प्रदेश सचिव दीर्घनारायण कोइरालाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा मन्त्रालयकी राज्यमन्त्री इन्दिरा गिरीको विशिष्ट आतिथ्यता रहेको छ।
गोष्ठीमा मन्त्रालय तथा मातहतका निकायले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका विभिन्न कार्यक्रम, हासिल गरेका उपलब्धि तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे समीक्षा तथा छलफल भइरहेको छ।
कार्यक्रममा विगत वर्षमा भएका कामको मूल्यांकनसँगै कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा समेत छलफल भइरहेको मन्त्रालयले जनाएको छ।
वार्षिक प्रगति समीक्षामार्फत मन्त्रालय र मातहतका निकायका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आगामी आर्थिक वर्षमा कार्यसम्पादन सुधार गर्ने विषयमा आवश्यक रणनीति तय गरिने बताइएको छ
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति समीक्षा गोष्ठी धनगढीमा
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति समीक्षा गोष्ठी धनगढीमा
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार






















