अछाम । अछाममा भरुवा बन्दुक लुकाइछिपाइ राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मेल्लेख गाउँपालिका–६ सिमसेलीका ३३ वर्षीय भीमबहादुर खत्रीलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय साँफेबगर, अछामबाट खटिएको प्रहरी टोलीले खत्रीको घर तथा गोठमा खानतलासी गर्दा गाईगोठमा लुकाइछिपाइ राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।
बन्दुकसहित पक्राउ परेका खत्रीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














