काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजबादीले अझै निर्णय लिन सकेको छैन । यसबारे निर्णय लिन पार्टीको स्थायी कमिटी बैठक दोस्रो दिन पनि जारी छ ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय, आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतमा १४ औं स्थायी कमिटी बैठक बसिरहेको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष जयन्ती राई,मुकुन्द न्यौपाने,प्रमेश हमाल,केशवलाल श्रेष्ठ,रामचन्द्र झा,धर्मनाथ साहको प्रमुख उपस्थिति रहेको छ ।
त्यस्तै,महासचिव वेदुराम भुसाल, प्रकाश ज्वाला, गंगालाल तुलाधार, विजय पौडेल, जगन्नाथ खतिवडा, रामकुमारी झाक्री, राजेन्द्र राई बैठकमा सहभागी छन् । पूर्वमन्त्री तथा पार्टी सदस्य रामकुमारी झाँक्री, बाग्मती प्रदेशका खानेपानीमन्त्री बसन्तप्रसाद मानन्धरलगायत तीन दर्जन नेताले बैठकमा सहभागिता जनाएका छन् ।















