गधनगढी । कञ्चनपुरमा प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
बुधबार जिल्लाको दोधारा चाँदनी नगरपालिका-७ कञ्चभोज पुटपुटे झाडीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३३ हजार ३०० बराबरको पेय पदार्थ, खाने तेल, पिठो लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।
उक्त सामान ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।















