काठमाडौं – प्रतिनिधिसभा सदस्यद्वय माया राई र प्रेम आलेले मंगलबार शपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कानून समितिको हलमा सांसदद्वय पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनीहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराएका छन् । पूर्वमन्त्रीसमेत रहेका आले नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन । राई भने कांग्रेसबाट समानुपातिक सांसद बनेकी हुन्।













