धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीमा ट्रयाक्टर सहित सालको काठ बरामद गरिएको छ । वनको गस्ती टोलीले बुधवार राती फूलबारीको बक्टैया तालको भारताल साझेदारी वनको भित्र सालका गोलिया बनाई लैजाने क्रममा ट्र्याक्टर सहित काठ बरामद गरेको हो ।
सालका ६ गोलिया से १ त २३० नम्बरको ट्र्याक्टरमा अवैध रूपमा काठ लुकाइ छिपाइ लैजाँदै गरेको अवस्था सवडिभिजन फूलबारी र भारताल साझेदारी वन उपभोक्ता समूहको संयुक्त गस्ती टोलीले बरामद गरेको भारताल साझेदारी सामुदायिक वनका अध्यक्ष यादव भण्डारीले जानकारी दिए । अहिले भारताल वन क्षेत्रमा काठ चोरीको घटना बढ्न थालेपछि काठ चोरी निकासी नियन्त्रण गर्न गस्ती बढाएको अध्यक्ष भण्डारीले बताए ।
विशेष सुराकी आधार गस्ती टोलीले काठ ट्र्याकटर समात्न सके पनि संलग्न भने फरार भएको सब डिभिजन वन कार्यालय फूलबारीका प्रमुख लोकराज दाहालले जानकारी दिए । बरामद गरिएको काठ र ट्र्याक्टर सब डिभिजन वन कार्यालय फूलबारीमा राखिएको छ । थप अनुसन्धान गरी फरार रहेकाहरू को खोजी कार्य गरी वन ऐन २०७६ अनुसार कारबाही गरिने समेत दाहाले बताए ।















