धनगढी – कञ्चनपुरको भीमदत्त नगरपालिकाले चार दिन चिसो बिदा दिएको छ । केही दिन यता अत्यधिक चिसो बढेको भन्दै पुस देखी २४ गते सम्म बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले एक विज्ञप्ति जारी गर्दै ४ दिन सम्म विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
कैलाली, कञ्चनपुर लगायतका जिल्लामा केही दिन यता अत्यधिक चिसो बढेको छ । चिसो बढेसँगै यहाँको दैनिक जन जीवन कष्टकर भएको छ ।













