धनगढी – अन्तर्राष्ट्रिय युवा समाजको सहयोगमा र नेपाल परिवार दलको सहयोगमा महिला तथा विपन्न परिवारलाई सय पिस बलाङकेट (कम्बल) वितरण गरिएको छ ।
डोटीको सायल गाउँपालिका वडा न .१ छपालिका महिला तथा विपन्न परिवारहरुलाइ सय पिस बलाङकेट वितरण गरिएको छ ।
वितरण कार्यक्रममा प्रमुख अतिथि सायल गाउँपालिका वडा नं. १ छपालिका वडा अध्यक्ष लाल बहादुर रोकाया, परिवार दलका केन्द्रीय सदस्य धर्म बहादुर रोकाया, सायल गाउँपालिकाको कार्यपालिका सदस्य, समाजसेवी बुद्धिजीवी लगायतको उपस्थित रहेको थियो ।
जाडोको समयमा बलाङकेट वितरण भएपछि विपन्न परिवारलाई थारै भएपनि राहत पुग्ने परिवार दलका नेता खडक नागरीले बताए । उनले आगामी दिनमा पनि यस्तै सहयोग गर्ने बताए ।















