धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका विपन्न ४१ घरपरिवारलाई न्यानो कपडा वितरण गरेका छन् । चिसो बढेसँगै धनगढी उपमहानगर पालिका वडा नं १ का आर्थिक अवस्था अत्यन्तै कमजोर भएका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।
राज्यमन्त्री रैकाको विशेष पहलमा दलित, जनजाति, एकल महिला र अन्य समुदायका गरी ४१ घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको हो । राज्यमन्त्री यस अघि कैलारी गाउँपालिकामा पनि न्यानो कपडा वितरण गरिएको थियो ।













