धनगढी- कैलालीको अत्तरियामा यही पुष २७ गते देखी सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु हुने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघले प्रत्येक वर्ष झैँ यस वर्ष पनि आयोजना गर्न लागेको उक्त महोत्सवको लागी विभिन्न संरचनाहरू निर्माण गर्ने काम सुरु भएको हो ।
बिहीबार संघका अध्यक्ष अशोकराज देवकोटाले महोत्सवको प्रवेशद्वारको पूजा गरेर निर्माण कार्य शुभारम्भ गरेका थिए ।
यही पुष २७ गते देखी माघ ९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवका लागी विभिन्न उपसमितिहरू समेत गठन गरिएको संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए ।















