जनकपुरधाम । जनता समाजवादी पार्टी जसपा मधेस प्रदेश संसदीय दलका नेता चयन गर्न चुनाव हुने भएको छ । जसपा मधेस प्रदेश निर्वाचन समितिका संयोजक लालकिशोर साहले संसदीय दलका नेता चयनका लागि निर्वाचन कार्यक्रम कार्यतालिका सार्वजनिक गरेका हुन् ।
तालिकाअनुसार मतदान पुस २५ गते साँझ ५ बजेबाट ६ बजेसम्म हुनेछ । निर्वाचन समितिले भोलि विहान ९ देखि १० बजेसम्म मनोनयन पत्र दर्ता, ११ बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, ११ः३० देखि दिउँसो ३ः३० बजेसम्म नाम फिर्ता लिने, ३ः३० देखि ४ बजेसम्म दाबी विरोध र ४ देखि ४ः३० बजेसम्म अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।
‘कसैले संसदीय दलमा तत्काल कायम रहेको सम्पूर्ण सांसदहरुको बहुमत प्राप्त नगरेमा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः निर्वाचन पुस २६ गते विहान १० देखि १११ बजेसम्म गरिने पनि निर्वाचन समितिले जनाएको छ ।
जसपा मधेस प्रदेशमा संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज कुमार यादव र साँसद रामअशिष यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ ।















