• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

आफैँ डुङ्गा चलाएर भक्तजनलाई मन्दिर पुर्‍याउँदै पुजारी

  •   सोमबार, माघ १६, २०७९ मा प्रकाशित

सदूरपश्चिम- तालको बीच भागमा रहेको गङ्गामाता मन्दिरका पुजारी भोजलाल चौधरी डुङ्गा चलाएर भक्तजनलाई मन्दिरसम्म पुर्‍याउँदै गरेको भेटिए । कैलालीको बेहडाबाबा धाम परिसरको महादेवा तालको बीचमा रहेको यो मन्दिरमा पूजापाठ गर्ने र भक्तजनलाई डुङ्गामार्फत मन्दिरसम्म पुर्‍याउनुपर्ने उनको दैनिकी हुन्छ ।

उनले भने, “साँझ बिहान पूजापाठ गर्नुुपर्छ, अन्य समयमा मन्दिरमा पूजा र दर्शनका लागि आउने भक्तनलाई डुङ्गामार्फत ओसार्न ठिक्क हुन्छ ।” मन्दिरसम्म ओहोरदोहोर गर्ने भक्तजनबाट प्रतिव्यक्ति रु ४० शुल्क तोकिएको छ । मन्दिरमा आउने भक्तजनको भेटी रकम, डुङ्गा चलाएबापत हुने आम्दानी नै पुजारीको कमाइ हो । भक्तजनको चहलपहलअनुसार आफ्नो मासिक आम्दानी पनि घटबढ हुने उनले बताए । बेहडाबाबाको दर्शनका लागि पुग्ने भक्तजन गङ्गामाताको मन्दिरको समेत दर्शन र पूजा गर्ने गर्छन् ।

बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष खेमबहादुर चन्दले भारतबाट आउने भक्तजन यसै तालको जल लिएर बेहडाबाबा धामको शिव शिलामा चढाएर पूजा गर्ने गरेको बताए । “बेहडाबाबा खासगर सीमापारि भारतबाट आउने भक्तजनका कुल देवता हुन्”, उनले भने, “उनीहरु हरेक वर्ष आफ्नो घरको नयाँ अन्न (धान, गहुँ) बेहडाबाबालाई चढाएर पूजा र दर्शन गरेर फर्किन्छन् ।”

धनगढीदेखि झण्डै १८ किलोमिटरको दूरीमा रहेको यो क्षेत्र धार्मिक पर्यटनको मुख्य गन्तव्य क्षेत्रका रुपमा देखिन थालेको छ । पछिल्ला वर्षमा नेपाल र भारतबाट आउने भक्तजन बढ्दै जाँदा यो धाम मुख्य गन्तव्य बन्न थालेको हो । झण्डै ३० बिघा क्षेत्रफलमा फैलिएको १५ फिट गहिरो यो प्राकृतिक ताल वरिपरि सडक निर्माण कार्य भइरहेको छ ।

बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले तालको संरक्षणसहित बेहडाबाबा धामलाई प्रमुख धार्मिक गन्तव्य क्षेत्र बनाउनका लागि प्रयास भइरहेको बताए । आउने चैतबाट तालको सरसफाइ गरी भक्तजनका लागि नियमितरुपमा दुई डुङ्गा चालाउने तयारी छ । उनले थपे, “केन्द्र सरकारको सहयोगमा ताल वरिपरि एक हजार दुई सय मिटर सडक र ¥यालिङ लगाउनेकाम गर्न लागेका छौँ, यसले थप पर्यटकको आवागमन बढ्ने अपेक्षामा छौँ ।”

बेहडाबावा धाममा हरेक वर्ष लाग्ने मेलामा नेपालीको तुलनामा सीमापारि भारताट आउने भक्तजनको घुइँचो लाग्ने गर्छ । यहाँ गङ्गा दशहरा, मकर सङ्क्रान्तिलगायतका दिन ठूलो मेला लाग्छ । भारतीय नागरिकले बेहडाबाबा (भगवान् शिव) लाई आफनो कुल देवताको रुपमा पुज्ने गरेकोले लाग्ने मेलामा उनीहरुकै बढी घुइँचो देखिने गरेको हो । धाम परिसरमा भगवान् शिवको मन्दिर छ । मन्दिरभित्रको शिवलिङ्गलाई भक्तजनले स्वयम्भूको स्वरुपको रुपमा लिन्छन् ।

यो स्वयम्भू लिङ्गको उचाइ हरेक वर्ष बढ्दै जाने गरेको विश्वास गरिएको कारण यो क्षेत्रको धार्मिक महत्व पनि बढ्दै गएको हो । भगवान् बेहडाबाबाको दर्शन पूजाआजा गरेमा सोचेको मनोकांक्षा पूरा हुने जनविश्वास छ । प्राचीनकालमा तपोभूमिका रुपमा रहेको यो क्षेत्रमा नेपालीको बस्ती नरहेको र अहिर जातिका भारतीयको बसोबास रहेको बताइन्छ ।

अहिलकोे बेहडाबाबा धाम रहेको जङ्गल क्षेत्रमा गाईवस्तु चराउँदै गरेका भारतका एक ग्वाला (गोठाला) ले आफूले चराउने गरेको एक गाईले आफ्नो दूध नियमितरुपमा यसै ठाउँमा रहेको शिवजीको शिलामा खसाउने गरेको घटनापछि यो क्षेत्र शिब भगवानको वासस्थानको रुपमा चिनिएको विश्वास गरिन्छ । “गाईले भुँइमा दूध खसाउनुको कारण पत्ता लगाउँदै जाँदा उक्त स्थानमा शिवलिङ्ग फेला पारेको विश्वास गरिन्छ”, मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष चन्दले भने, “त्यसै समयदेखि नै त्यस क्षेत्रमा बेहडाबाबा मन्दिर निर्माण गरी शिवलिङ्गको पूजाअर्चना गरिँदै आएको हो ।”

  • डुङ्गा चलाएर
सोमबार, माघ १६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.