काठमाडौं- कर्तव्य ज्यान मुद्दामा फरार रहेका रूकुम–पश्चिमका एक व्यक्ति १४ वर्षपछि पक्राउ परेका छन्।
जिल्लाको मुसिकोट नगरपालिका–१ का अगविर खत्री भनिने अतिराम खत्रीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार २०६५ साउन १६ गतेदेखि फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार बेलुका पक्राउ गरेको हो। खत्रीलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसला भएको थियो।
फरार भएको १४ वर्षपछि पक्राउ परेका खत्रीलाई बुधबार रूकुम पश्चिम जिल्ला अदालतमा पेश गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।













