• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

व्यासमा मोबाइल सेवा बन्द

  •   बिहिबार, माघ १९, २०७९ मा प्रकाशित

दार्चुला- आगलागीको कारण एक महिनादेखि अवरुद्ध दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु आसपासको मोबाइल सेवा अझै सञ्चालन हुन सकेको छैन । पुसमा आगलागीले लिंक टावरमा राखिएका ब्याट्री डाउन भएपछि मोबाइल सेवा अवरुद्ध भएको थियो ।

नेपाल टेलिकम दार्चुलाले माघ पहिलो साता प्राविधिक पठाएर मोबाइल सेवा सञ्चालन गर्ने प्रयास गरे पनि हुन सकेको छैन । माघ ४ मा प्राविधिक कर्मचारी छाङरु पुगेर एक हप्ता टावर सञ्चालनको प्रयास गरेका थिए । ‘आगलागीबाट सोलार र ब्याट्री जोड्ने तारहरू जलेका थिए’, टेलिकम दार्चुलाका प्राविधिक दुर्गा बस्यालले भने, ‘तारहरू परिवर्तन गर्दा पनि ब्याट्री र सोलार कन्ट्रोलरले काम नगर्दा टावर सञ्चालन हुन सकेन ।’

अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको मात्र बसोबास छ । कौवा र बसुन्धरा वन क्षेत्रबाट फैलिएको आगो ज्याक्ति टावरसम्म पुगेपछि टावरमा क्षति भएको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । कौवा र बसुन्धरा क्षेत्रमा भएको आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको उनको भनाइ छ ।

छाङरु गाउँबाट ३ घण्टाको पैदल दूरीमा रहेको ज्याक्ति टावरमा तत्काल नयाँ ब्याट्री ढुवानी गर्न सम्भव नभएको टेलिकम दार्चुलाले जनाएको छ । ‘अहिले उक्त क्षेत्रमा बाक्लो हिमपात भएको हुनाले तत्काल ब्याट्री ढुवानी गर्न सकिने अवस्था छैन’ टेलिकम कार्यालयका प्राविधिक कर्मचारी बस्यालले भने ‘भारतीय बाटो भएर छाङरुसम्म र छाङरुबाट भरियामार्फत ढुवानी गर्नुपर्ने हुन्छ ।’

हिमपातले अत्यधिक चिसो भएको र ज्याक्ति टावर उच्च स्थानमा रहेकाले त्यहाँ पुग्नसमेत कठिन भएको बस्यालको भनाइ छ । छाङरुमा एक हप्ता कुरेर माघ ९ मा टेलिकमका प्राविधिक बस्याल सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुईरदुई सुरक्षाकर्मीसहित ज्याक्ति टावरमा पुगेका थिए ।

व्यासका स्थानीयको कुञ्चा सरेसँगै दुई महिनापछि ज्याक्तिको लिंक टावर मर्मत गरी सञ्चालनमा ल्याइने टेलिकम दार्चुलाले जनाएको छ । अहिले व्यासको छाङरुमा स्काई फोन र सशस्त्र प्रहरीको गुल्ममा भिस्याट प्रविधिको एनटिस्याट फोन सञ्चालनमा छ ।

मौसममा बदली भएपछि स्काई फोन सेवा बन्द हुन्छ । घाम लागेपछि उक्त सेवा सञ्चालन हुन्छ । हिमपात र चिसो छल्न व्यासका स्थानीय बासिन्दा भने अहिले सदरमुकाम खलंगा सरेका छन् ।

 

 

बिहिबार, माघ १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.