• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

डोटीमा सडकका खाल्डा पुर्ने भन्दै भत्काएर ठेकेदार फरार

  •   शनिबार, माघ २१, २०७९ मा प्रकाशित

डोटी- डडेल्धुरा दिपायल जोड्ने केआईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका–१० बानेड्ंग्रिसैन सडकमा रहेका सडकका खाल्डाखुल्डी पुर्ने भन्दै सडक नै भत्काएर निर्माण व्यवसायी फरार भएका छन् । सडकमाथि एक तह थप्ने र बजार क्षेत्रमा सडक चौडा गर्ने काम २०७९ साल वैशाख ३० गतेभित्र सम्पन्न गरिसक्ने गरी सडक डिभिजन कुलपाते र आशिष कन्स्ट्रक्सन कम्पनी प्रालि, कैलालीबीच २०७८ साल कात्तिक २६ गते ठेक्का सम्झौता भएको थियो ।

त्यही ठेक्का अन्तरगत बानेडुंग्रिसैन बजार क्षेत्रमा सडकको दायाँ बायाँ भत्काएर निर्माण व्यवसायी पुनस् काममा नफर्केको स्थानीयवासीको आरोप छ । सडक भत्काएपछि आफूहरुलाई गाडी चलाउन धेरै समस्या भएको धनगढी–सिलगढी रुटमा चल्ने माइक्रो बसका चालक खडकबहादुर लामाले बताए । उनले भने, ‘तीव्र गतिमा गाडी आइरहेको हुन्छ, साइड दिनलाई सडकबाट तल झार्नुपर्ने अवस्था छ, सडक भत्काएर हैरान बनायो ।’

ठेक्का सम्झौताको म्याद थप्न सडक डिभिजन कुलपातेमा भने निर्माण व्यवसायी समयमै पुगे । पहिलो पटक म्याद सकिएको भोलिपल्टै अर्थात् २०७९ साल वैशाख ३१ गते सडक डिभिजनले २०८०, जेठ मसान्तसम्मका लागि म्याद थप भएको नौ महिना बित्दा समेत निर्माण व्यवसायी काम गर्न नफर्केको अर्का स्थानीय इन्द्रबहादुर बलायरले बताए ।

उनले भने, ‘सडक भत्काएर ठेकेदार काममा फर्केनन्, म्याद थप गर्दा पनि काम हुँदैन अब कारबाही कस्ले गर्ने ?’ उता सडक डिभिजन कुलपातेका सूचना अधिकारी इन्जिनियर रामचन्द्र जैशीले सडकको खाल्डा पुर्ने जिम्मा पाएका निर्माण व्यवसायी कार्यालयको सम्पर्कमा नभएको बताए । उनले भने, ‘हामीले पटक पटक फोन गर्दा पनि कोही सम्पर्कमा आउँदैनन्, कहिलेकाहीँ फोन उठाइहाले पनि तुरुन्तै काम सुरु गर्छु भन्छन् तर गर्दैनन् ।’

मध्यपहाडी लोकमार्ग आवधिक मर्मत कार्य अन्तर्गत ४ करोड ६२ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको यस सडकमा जम्मा २० प्रतिशत मात्रै भौतिक प्रगति भएको इन्जिनियर जैशीले जानकारी दिए । उनका अनुसार १३ प्रतिशत वित्तीय प्रगति भएको छ ।

निर्माण व्यवसायीले कहिले केही, कहिले केही बहाना बनाइरहेका छन् । सडक मर्मतको जिम्मा लिएको निर्माण कम्पनीका सञ्चालक टेकबहादुर सेठी आफूले यो काम गर्न आशबहादुर गुरुङलाई जिम्मा दिएको बताए । उनले भने, ‘कम्पनीको तर्फबाट सम्पर्क व्यक्ति, ठेक्का सम्झौता गर्ने, काम गर्ने सबै जिम्मा उनकै हो, काम नभएको भन्ने गुनासो आएपछि मैले पनि ताकेता गरेको छु, अब एक हप्ताभित्रै काम सुरु हुन्छ ।’

 

  • ठेकेदार फरार
शनिबार, माघ २१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.