धनगढी । कैलालीमा २६ लाख २५ हजार बराबरका सामानसहित भारतीय मिनी ट्रक चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीका ३८ वर्षीय चन्द्रकुमार बर्मा रहेको प्रहरीले जनाएको छ ।
गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट बिहीबार उक्त मूल्य बराबरका मोटरसाइकलका टायर, ट्युब र घाँस काट्ने मेसिनसहित भारतीय नम्बर प्लेटको मिनी ट्रक बरामद गरिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीको संयुक्त टोलीले ट्रकका चालकलाई अवैध सामानसहित नियन्त्रणमा लिएको हो।















