धनगढी- धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले सभ्य र भव्यताका साथ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा चैतन्य पाठशालाले हरेक वर्ष शिक्षा साधना पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको छ।
सरकारसँग जोड्दै विद्यार्थीमा जीवन उपयोगी सिपसँगै आधारभूत मूल्य र मान्यताहरूको चेतना जगाउने उद्देश्य विद्यालयको योजना छ । वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा चैतन्य पाठशालाले हरेक वर्ष शिक्षा साधना पुरस्कारबाट सम्मान गर्ने घोषणा गरिएको हो। जस अनुसार यस वर्ष शिक्षा साधना पुरस्कार २०७९ बाट शिक्षा विद् डाक्टर हेमराज पन्तलाई २५ हजार २५ रुपैयाँ प्रदान गरिएको छ ।
पुरस्कारबाट विजेता शिक्षा विद् डाक्टर हेमराज पन्तले सामाजिक क्षेत्रमा लगाउने बताए । यस्तै कार्यक्रममा विभिन्न व्यक्तिहरू सम्मानित भएका छन्। जसमा शिक्षा क्षेत्र, प्रशासन, साहित्य क्षेत्र, समाजसेवा, खेलकुद क्षेत्रबाट विभिन्न व्यक्तिहरू सम्मानित भएका हुन्।
जसअनुसार शिक्षा क्षेत्रमा योगदान पु¥याएबाफत प्राध्यापक डाक्टर धर्मराज उपाध्याय कैलाली बहुमुखी क्याम्पस प्रमुखलाई सम्मानित भएका छन्।यस्तै ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टलाई पनि शिक्षा क्षेत्रमा योगदान पु¥याएबाफत सम्मानित गरिएको छ। प्रशासन क्षेत्रमा योगदान पु¥याएबाफत सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव रामबन्धु सुवेदी सम्मानित भएका छन्।
यस्तै साहित्य क्षेत्रमा योगदान पु¥याएबाफत साहित्यकार तथा मदन पुरस्कार विजेता रामलाल जोशीलाई तथा समाजसेवा मार्फत योगदान पु¥याएबाफत दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टलाई सम्मान गरिएको छ। यस्तै खेलकुद क्षेत्रबाट योगदान पु¥याएबाफत राष्ट्रिय खेलाडी महिला क्रिकेट टिमकी स्नेहा महरा सम्मानित भएकी छिन्।
यस्तै ह्यमानिटी फाउन्डेसनका महासचिव तथा पत्रकार दीर्घराज उपाध्यायलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ। उनीहरूलाई सम्मान पत्रसहित प्रमुख अतिथिबाट सम्मान गरिएको हो। कार्यक्रममा वर्षभरि विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।
यस्तै विद्यालयका प्रधानाध्यापक हरि प्रसाद जोशीले विद्यालयको शैक्षिक गतिविधि र अवधारणा प्रस्तुत गरेका थिए।
कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरू राखेका थिए। कार्यक्रमका सभापति तथा चैतन्य पाठशाला अध्यक्ष गणेश प्रसाद जोशीले सभ्य तथा भव्यताका साथ कार्यक्रम सम्पन्न गर्नमा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद व्यक्त गरे ।













