• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

निकुञ्जमा खरखडाई

  •   आइतबार, माघ २२, २०७९ मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ का शिवराज रानाको परिवार तीन साता अघि खर खडाईमा व्यस्त थियो । घर र गाईगोठमा छानो छाउन उनको परिवार हरेक वर्ष खर खडाइकै पर्खाइमा हुन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खर खडाई खोलेपछि उनीहरू परिवारका सबै खर भित्र्याउने काममा जुट्छन् । उनको परिवारका लागि यो परम्पराजस्तै बनेको छ ।

निकुञ्जले माघ माघ ९ देखि ११ गतेसम्म खर खडाई खोलेको थियो । तीन दिन बिहानदेखि साँझसम्म खर काटेर भित्र्याउने काम भएको रानाले बताए । ‘गाईगोठको छानो छाउन खर नभई हुँदैन,’ उनले भने, ‘हरेक साल फेर्नुपर्छ, गोठमा बार लगाउन पनि खरकै प्रयोग हुन्छ ।’ खर खडाई खुलेका बेला निकुञ्ज आसपासका बस्तीमा खर बोक्नेको भीड लाग्छ । बिहानदेखि साँझसम्मै खर काट्ने र बोक्ने काम चलिरहन्छ ।

निकुञ्ज कार्यालयले आसपासका बासिन्दालाई लक्षित गरेर खर खडाई खोल्दै आएको छ । विगतमा अधिकांशका घर गोठ सबै कच्ची हुन्थे । छानोका लागि खरकै भर पर्थे । हिउँदमा खर खडाई खुलेपछि स्थानीयलाई राहात हुन्थ्यो । तर हालका वर्षमा निकुञ्ज आसपासका बस्तीमा घर गोठ सबै पक्की भइसकेका छन् ।

फाटफुट मात्रै कच्ची घर छन् । तिनमा पनि जस्ता पाताले छाएका छन् । कच्ची घर भएका तथा गाईवस्तु पालन गर्ने विपन्न परिवारका लागि खर खडाईले निकै सजिलो भएको छ । उनीहरू अन्य काम थाती राखेर पनि खर खडाईमा लाग्ने गरेका छन् । निकुञ्ज किनारमा बसोबास गर्नेहरूले वर्षभरि वन्यजन्तुले दिएको पीडा खर भित्र्याउँदा राहतजस्तै महसुस गर्छन् ।

तर खर खडाई परम्परा जस्तै बनेकाले यो निरन्तर चलिरहेको छ । कतिपयका लागि यो अत्यावश्यक छ भने धेरेका लागि खरका नाममा दाउरा भित्र्याउने माध्यम बनेको छ । ठूलो संख्यामा एकै पटक निकुञ्जभित्र भीड बढ्दा वन्यजन्तुको वासस्थान प्रभावित हुनुका साथै उनीहरूको विचरणसमेत खल्बलिन्छ ।

निकुञ्ज प्रशासनका अनुसार यस पटक ६ हजारले खर खडाइका लागि पुर्जी काटेका थिए । एकै पटक ६ हजार जना निकुञ्जमा पस्दा ठूलादेखि साना वन्यजन्तु सबै प्रभावित हुन्छन् । ‘वन्यजन्तुलाई डिस्टर्ब भए पनि हामीले निकुञ्जबाट स्थानीयलाई पाइने सेवाका रुपमा यसलाई लिएका छौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले भने, ‘यसलाई विस्तारै घटाउँदै लगेका छौं ।’ उनका अनुसार निकुञ्जभित्र पस्नेले खाजा तथा खानेकुराका लागि बोक्ने प्लास्टिक तथा अन्य सामग्री बोकेर लैजाँदा यसले प्रदूषणसमेत बढ्ने बताए ।

उनका अनुसार सुरुमा निकुञ्जमा डेढ महिनासम्म खर खडाई चल्थ्यो । त्यसपछि एक महिना, १५ दिन, ७ दिन र ५ दिन हुँदै अहिले ३ दिनमा झारिएको छ । ‘खर खडाईका नाममा काठ गोलियाको तस्करी र हरिया रूख काट्ने काम पनि हुन्छ,’ मेहताले भने, ‘यही जोखिम कम गर्न समय घटाउँदै लैजान थालेका हौं ।’

खर खडाईबाट निकुञ्जभित्रका विभिन्न घाँसेमैदानको व्यवस्थापनमा भने सहजता हुन्छ । खर खडाईका लागि निकुञ्जभित्र पसेका माथि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि त्यतिकै रहन्छ । यस पटक पनि खर खडाईकै समयमा एक महिला हात्तीको आक्रमणमा परिन । शुक्लाफाँटा नगरपालिका १२ कि उनीमाथि खर खडाइको अन्तिम दिन आक्रमण भएको हो ।कान्तिपुरबाट

  • खरखडाई
आइतबार, माघ २२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा
जितेन्द्रको खोजीका लागि परिवारको गुहार, खोजी तीव्र पार्न सुरक्षाकर्मीलाई मुख्यमन्त्रीको निर्देशन
यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

समाचार

सबै

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई

सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई

सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.