बैतडी – बैतडीमा बुहारीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका ससुरा कारागार चलान भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका बस्ने ५२ वर्षीय पुरुषलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनलाई कारागार पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार उनी आफ्नै बुहारीमाथि जबरजस्तीकरणी गरेको आरोपमा २८ पुसमा पक्राउ परेका थिए ।















