धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बिस्वासको मतको सामना गर्ने बताए । विहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक अर्को सूचना निकाल्दै ४ बजे बस्ने भनिएको थियो । बैठक भनिएको समय भन्दा केही ढिलो गरी करिब साढे चार बजे सुरु भएको हो ।
बैठकमा जानुअघि पत्रकारहरूसँग कु्रा गर्दै मुख्यमन्त्री राजेन्द्र रावलले प्रदेशसभामा आफूले विश्वासको मतको प्रस्ताव राख्ने बताएका छन् । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका उनले आजसम्म प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
आज विश्वासको मत नलिए उनको सरकार ढल्नेछ । तर, सत्ता गठबन्धनको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय लिएपछि एमाले नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ ।















