• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

नेपाल-भारत सीमा अधिकारी बैठक : महाकाली किनारका ढुंगामाटो हटाइने

  •   शनिबार, माघ २८, २०७९ मा प्रकाशित

दार्चुला- नेपाल–भारतका सीमान्त जिल्लाका अधिकारीहरूले महाकाली नदीको दुवैतर्फ किनारामा थुप्रिएका ढुंगामाटो हटाउने सहमति गरेका छन् । नदीमा निर्माणाधीन तटबन्धको शुक्रबार स्थलगत निरीक्षण गर्दै उक्त सहमति गरेका हुन् । संयुक्त निरीक्षणपछि नदीको दुवैतर्फ किनारामा थुप्रिएका ढुंगामाटो एक साताभित्र हटाउने सहमति भएको हो ।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र सीमावर्ती भारतीय धारचुला तहसिलका प्रमुखको टोलीले तटबन्ध संरचनाको निरीक्षण गरेको हो । प्रजिअ उपाध्यायसँगै महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मनोहरकुमार साहले भारततर्फ थुप्रिएको ढुंगामाटो हटाउने कार्यमा ढिलाइ भएको भन्दै पूर्वसहमतिअनुसार तत्काल काम गर्न भारतीय पक्षलाई आग्रह गरेका छन् । महाकालीको प्राकृतिक बहाव अवरोध हुने गरी राखिएका ढुंगा र निर्माण सामग्री एक हप्ताभित्र हटाइसक्न भारतीय पक्षलाई भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भारतको घट्टेखोला नजिकको क्षेत्रमा नेपालले नदीको बहाव ४० मिटरभन्दा बढी चौडा बनाइसकेको आयोजनाले जनाएको छ । यसअघिका छलफल र सहमतिअनुसार भारतीय पक्षबाट कार्यान्वयनमा ढिलाइ देखिएपछि नेपाली पक्षको आग्रहमा स्थलगत निरीक्षण गरिएको हो । डाइभर्सनमाथि निर्माण सामग्री ढुवानी गर्ने गाडी र मेसिनहरू गुड्ने अस्थायी सर्भिस रोड बनाइएको छ । भारतीय पक्षले सुरुमा १५ मिटर नदी डाइभर्सन गर्न प्रस्ताव गरेकोमा अहिले ४० मिटरसम्म नदी डाइभर्सन भएको नेपाली प्राविधिकहरूले बताएका छन् ।

भारतीय पक्षले घट्टेखोलाको सामुन्ने नेपालतर्फको नदी किनारमा थुप्रिएको ढुंगामाटो हटाउन जोड दिएको छ । त्यस क्षेत्रमा भारतले करिब २ सय मिटर लामो तटबन्धको संरचना निर्माण गर्न बाँकी छ । महाकाली नदीको बहाव भारततर्फ भएकाले नेपालतर्फको ढुंगामाटो हटाएर डाइभर्सन गरिँदै आएको छ । तटबन्ध निर्माणका लागि बनाइएको डाइभर्सन तटबन्धको संरचना निर्माण सम्पन्न भएपछि हटाउने सहमति भएको छ ।

भारतले तटबन्धको जग निर्माण गरिसकेको क्षेत्रमा नदीको बहाव मध्यभागमा फर्काउन ढुंगामाटो हटाउनुपर्नेमा नेपाली पक्षले जोड दिएको छ । सम्भावित जोखिमलाई ध्यान दिएर नदी किनारको ढुंगामाटो हटाउन आग्रह गरेको आयोजना प्रमुख शाहले बताए । एक हप्ताभित्र दुवैतर्फको निर्धारित क्षेत्रको ढुंगामाटो हटाउने कार्य गरिने र फेरि स्थलगत निरीक्षण गर्ने समझदारी बनेको छ ।

भारतीय पक्षबाट धारचुलाका एसडीएम दिवेश शासनी, सिँचाइ विभागका इन्जिनियर, निर्माण कम्पनीका प्रतिनिधि र स्थानीयको सहभागिता थियो । पूर्वप्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा, कांग्रेसका जिल्ला सभापति ललितसिंह बोहरा र नदी नियन्त्रण आयोजनाका इन्जिनियर केशवराज शर्माले पनि स्थलगत निरीक्षण गरेका थिए ।

  • महाकाली
शनिबार, माघ २८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.