काठमाडौँ – सरकारले कैलालीस्थित गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने तयारी गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको हो ।
६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २८ वटा संरचना बनाएको छ भने २३ वटा निर्माणाधीन अवस्थामा छन् ।
प्रस्तावित गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार बने पनि हालसम्म अस्पताल सञ्चालन भने हुन सकेको छैन ।













