धनगढी- धनगढीमा मेरो भ्यालेन्टाइन २०२३ हुने भएको छ। धनगढीको रक स्टार मिडियाले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो। मेरो भ्यालेन्टाइनको तेस्रो संकरणमा विभिन्न कलाकार तथा अन्य मनोरन्जनात्मक कार्यक्रम हुने रक स्टार मिडियाका सञ्चालक जितेन्द्र रावलले बताए।
उनका अनुसार कार्यक्रम भ्यालेन्टान डे अर्थात फागुन दुई गते होटल डिभोटीमा हुने छ । २ हजारको टिकटमा सम्पूर्ण परिवार र १५ सयको प्याकेजमा २ जना कार्यक्रमा उपस्थित हुन पाइने र त्यसमा अन्य सेवा पनि रहेको उनले बताए।
कार्यक्रममा फेशन सो, डीजे डान्स, विभिन्न प्रकारका खेल, बालबालिकाको लागि विशष खेलको व्यवस्था गरिएको उनले बताए। रावलले उक्त कार्यक्रम आफ्नो स्वर्गिय भिनाजु (बमबहादुर कँवर) को सम्झनामा विगत ३ वर्षदेखि आयोजना गरिरहेका छन्।















