• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • १०. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

करोड लगानीको बालआश्रम प्रयोगविहीन

  •   बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित

बझाङ- असहाय र विपन्न बालबालिकालाई आवासीय शिक्षा दिने उद्देश्यले निर्माण गरिएको बालआश्रम प्रयोगविहीन भएको छ । नेपाल सरकारको एक करोड लगानीमा दुई वर्षअघि निर्माण भएको भवन सञ्चालनमा नआउँदा अलपत्र परेको छ । संघीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ५० लाख र संघीय सरकारकै ५० लाख विशेष अनुदान रकमबाट उक्त बालआश्रमको भवन निर्माण भएको थियो ।

जयपृथ्वी नगरपालिका–९ देवलमा निर्माण गरिएको आठकोठे उक्त भवनमा बालबालिकाको लागि शयन कक्ष, भान्सा, वार्डेन कक्ष, मनोरन्जन कक्षलगायत कोठा छन् । यद्यपि भवन बेवारिसे हुँदा प्रयोगमा नआउँदै जीर्ण बन्न थालेको छ । भवनका झ्यालका सिसा फुटाएका छन् । भित्ता, ढोकालगायत संरचनामा क्षति पुगेको छ । भवनको वरिपरि झाडी पलाउन थालेको छ ।

बालआश्रम सञ्चालनमा नआउँदा सरकारी लगानी अलपत्र परेको र असहाय बालबालिकासमेत सेवाबाट वञ्चित भएको स्थानीयको भनाइ छ । ‘एकातिर भवन प्रयोगमा नआउँदा सरकारी लगानी खेर गइरहेको छ । अर्कोतिर समस्यामा परेका बालबालिकाको उचित शिक्षा नपाएर भविष्य अन्धकार हुँदै छ,’ जयपृथ्वी–९ का युवा प्रविन्द्र धामीले भने, ‘हामीले बालआश्रम सञ्चालन गर्नुपर्‍यो भनेर नगरपालिकालाई लिखित र मौखिक अनुरोध पनि गरेका छौं ।

अहिलेसम्म सञ्चालन गर्ने कुनै तयारी छैन ।’ आफ्ना छोराछोरीलाई पालनपोषण र शिक्षादीक्षा दिन नसकेर थुप्रै अभिभावकले बालबालिकालाई तराईका जिल्ला तथा सहरी क्षेत्रमा पढाइदिने आशामा अरूको घरमा काम गर्न पठाइरहेको बताउँदै उनले बताए । बालआश्रम सञ्चालन हुन सके त्यस्ता धेरै बालबालिका लाभान्वित हुने उनको भनाइ छ ।

यो भवनमा बालआश्रम सञ्चालन गर्नका लागि गैरसरकारी संस्थाले पनि प्रयास गरेको तर नगरपालिका आफैंले सञ्चालन गर्ने भन्दै अरूको जिम्मा नदिँदा सरकारको लगानी अलपत्र हुन थालेको स्थानीयको भनाइ छ । ‘कि तपाईंहरू सञ्चालन गर्नुहोस् । नभए हामी सञ्चालन गर्छौं‚ हामीलाई दिनुहोस् भनेर नगरपालिकामा निवेदन पनि दिएका हौं ।

तर हामीलाई दिएनन्,’ नेपाली मन परोपकारी संस्थाका सचिव अशोक मल्लले भने, ‘न आफूले सञ्चालन गरेका छन्, न सरकारी सम्पत्तिको संरक्षण नै गरेका छन् । त्यत्रो लगानी गरेर निर्माण भएको भवन त्यसै अलपत्र परेको छ ।’ उनले नगरपालिकाले उक्त भवनको संरक्षण र बालआश्रम सञ्चालनका लागि छिटो पहल नगरे भवन नै प्रयोग गर्न नमिल्ने अवस्थामा पुग्ने बताए ।

नगर कार्यपालिकाको बैठकले तीन महिनाअघि नै वडा कार्यालयको मातहतमा रहने गरी बालआश्रम सञ्चालन गर्ने निर्णय गरेको तर वडाले सक्रियता नदेखाएका कारण भवन अलपत्र परेको जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले बताए ।

‘बालआश्रम सञ्चालनको लागि सञ्चालक समिती गठन गरेर काम अगाडि बढाउने जिम्मा हामीले वडालाई दिएका हौं,’ प्रमुख बजालले भने, ‘त्यसपछि पनि मैले भेटेर भनेको छु । वडाले नै सक्रियता देखाएको छैन ।’ उनले संरक्षणको अभावमा भवन जीर्ण हुन लागेको भन्दै यो विषयमा नगरपालिकाले छलफल गर्ने बताए । कान्तिपुरबाट

  • बालआश्रम
बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.