धनगढी- नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गानाले जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसनलाई सहयोग गरेका छन् । प्रदेश कमिटी सचिवालय सदस्य ढुङ्गानाले जन्मदिनको अवसरमा फाउन्डेसनमा गएर सहयोग गरेका हुन् ।
धनगढीस्थित नवजीवन अस्पताल प्रा।लीका अध्यक्ष समेत रहेका ढुङ्गानाले बिहीबार परेको जन्मदिनको अवसर पारी दृष्टि फाउन्डेसनमा आश्रय लिएर बसेकाहरूलाई बिहानको खाना खुवाएका थिए ।
जन्मदिन लगायत अन्य विभिन्न अवसर पारी विगतबाटै सामाजिक सेवा गरिरहने ढुङ्गानाले दृष्टि फाउन्डेसनमा पुगेर सहयोग गरेका हुन् । सामाजिक प्राणीले समाजप्रतिको उत्तरदायित्व निभाउनुपर्छ भन्ने हेतुले सामान्य सहयोग गरेको ढुङ्गानाले बताए ।
सहयोगपछि दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टले ढुङ्गानालाई धन्यवाद दिएकी छिन् । जन्मदिन मनाउन कुनै पार्टी प्यालेस नगई एक छाक बेसाहाराहरुलाई खुवाउन दृष्टि फाउन्डेसन पुगेकोमा ढुङ्गानालाई भट्टले धन्यवाद दिएकी हुन् ।
यस्तै मनकारीहरूकै कारण फाउन्डेसन चलेको बताउँदै भट्टले जन्मदिन, वैवाहिक वर्षगाँड, पुण्य तिथिको अवसरमा फाउन्डेसनमा सहयोग आउने गरेको जानकारी दिइन् ।













