• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

सुदूरपश्चिममा एकै वर्षमा पाँच सय बढी मानवअधिकार उल्लङ्घनका घटनामा वृद्धि

  •   आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयको तथ्यांकअनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा मानवअधिकार उल्लङ्घनका पाँच सय सात बढी घटना भएका छन् ।

इन्सेकले सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिम प्रदेशमा राज्य पक्षबाट २१ र अन्य पक्षबाट ६ सय ८५ जना गरी जम्मा ७ सय ६ वटा मानवअधिकार उल्लघनका घटना सार्वजनिक भएका थिए भने सन् २०२२ मा राज्य पक्षबाट १५ र गैर राज्य पक्षबाट एक हजार एक सय ७७ घटना भएका छन् ।

इन्सेक प्रतिवेदन अनुसार सन २०२२ मा प्रदेशमा राज्य पक्षबाट एक महिला र १४ पुरुष पीडित भएका छन् भने गैरराज्यपक्षबाट एक हजार ७९ महिला र ९८ पुरुष पीडित भएका छन् । गत वर्ष सन २०२१ मा २०२१ मा प्रदेशमा गैर राज्य पक्षबाट छ सय २७ महिला र ५८ पुरुष पीडित भएका थिए भने राज्य पक्षबाट दुई महिला र १९ पुरुष सहित २१ जना पीडित भएका थिए ।

मानवअधिकारको स्थिति सूचक प्रतिवेदनले प्रदेशमा मानव अधिकार हननका घटनामा पीडित हुनेहरूमा महिला र बालबालिकाको संख्या सबैभन्दा अधिक रहेको देखाएको छ । प्रतिवेदनमा उल्लेख छ– ‘सन २०२२ मा सुदूरपश्चिम प्रदेशमा भएका मानवअधिकार हननका घटनामा नौ सय ५६ महिला पीडित भए ।’

सन् २०२१ मा सुदूरपश्चिम प्रदेशमा भएका मानवअधिकार हननका घटनामा पाँच सय ३३ जना महिला पीडित भएका थिए । प्रतिवेदन अनुसार सन् २०२२ मा प्रदेशमा सबैभन्दा बढी घरेलु हिंसाका घटनामा आठ सय ७६ माहिलाहरू पीडित भएका छन् ।

त्यस्तै बलात्कारका ५८, बलात्कार प्रयासका घटनामा आठ, यौन दुर्व्यवहारको घटनामा दुई जना, बहुविवाहको घटनामा १०, प्रसूति सेवा घटनामा एक र कथित बोक्सीको घटनामा एक महिला पीडित भएको अभिलेखमा उल्लेख छ ।

सन २०२१ मा घरेलु हिंसाका घटनामा चार सय ४० जना महिला पीडित भएका थिए । बलात्कारका घटनामा ३७ जना, बलात्कार प्रयासमा १४ जना, मानव बेचबिखन प्रयासमा छ जना, बोक्सीको आरोपमा एक जना, बहुविवाहबाट २३ जना र यौन दुर्व्यवहारका घटनामा एक जना महिला पीडित भएका थिए ।

सन २०२२ मा प्रदेशमा १३ महिलासहित ३० जनाको हत्या भएको छ । सन २०२१ मा प्रदेशमा १२ महिलासहित ३४ जनाको हत्या भएको थियो । सन २०२२ मा प्रदेशमा जातीय विभेदका घटनामा पाँच जना पीडित भए । सन २०२१ मा दुई जना पीडित भएका थिए ।

त्यस्तै, सन २०२२ मा सुदूरपश्चिम प्रदेशमा परिवारजनबाटै महिलाको हत्याका घटना उल्लेख्य रहेको प्रतिवेदनमा भनिएको छ । ‘परिवारजनबाट महिलामाथि हुने हत्या तथा हिंसाको उजुरी हरेक वर्ष बढ्ने गरेको छ । कतिपय परिवारजनबाट हुने घटनालाई गुपचुप राख्ने वा गाउँ समाजमै मिलाइन्छ’ प्रतिवेदनमा भनिएको छ ।

सुदूरपश्चिम प्रदेशमा बाल अधिकार हननका घटनामा पनि कमी आउन सकेको छैन । इन्सेकको प्रतिवेदन अनुसार सन् २०२२ मा एक सय एक जना बालिका पीडित भएको अभिलेख रहेको छ । सो अवधिमा बलात्कारका घटना ६९, यौन दुर्व्यवहारका घटनामा २६, बेचबिखनको प्रयासका घटनामा छ जना बालिका पीडित भएका छन् । सन २०२१ मा ७९ जना बालिका र दुई बालक हिंसाका सिकार भएका थिए ।

इन्सेकको यो प्रतिवेदन अनुसार सन् २०२२ मा मानव अधिकार हननका घटना हुनेमा सुदूरपश्चिम प्रदेश तेस्रो स्थानमा रहेको छ । दर्ता भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सबैभन्दा बढी हुने प्रदेश लुम्बिनी रहेको छ ।

‘सन २०२२ को मानवअधिकार हननको अवस्था विश्लेषण गर्दा नागरिक तथा राजनीतिक अधिकारमा सुधार हुनुभन्दा बढेको देखिन्छ’ कार्यक्रममा इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले भने– ‘अझै पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था थप कमजोर छ ।’

‘यो वर्ष सुदूरपश्चिम प्रदेशका कूल ८८ स्थानीय तहमध्ये दश स्थानीय तहमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएनन्’ प्रतिवेदनमा भनिएको छ –‘धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी दुई सय सात जना पीडित भएका छन्’

यस्तै, ५२ स्थानीय तहमा एकदेखि १० जना पीडित, १६ स्थानीय तहमा ११ देखि २० जना पीडित, तीन स्थानीय तहमा २१ देखि २९ जना पीडितको भएका छन् भने ३० जनाभन्दा बढी पीडित भएका सात स्थानीय तह रहेको अभिलेखमा उल्लेख छ ।

 

  • घटनामा बृद्धि
आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.