• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

सात वर्षदेखि अलपत्र स्वास्थ्यचौकी

  •   मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित

अछाम- अछामको तुर्माखाँद गाउँपालिकाका स्थानीयले स्वास्थ्य सेवा लिने तुर्माखाँद स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको ७ वर्ष पूरा हुँदा पनि बन्न नसक्दा सेवा प्रभावित बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत बन्न लागेको तुर्माखाँद स्वास्थ्यचौकी भवन २०७२ भदौमा काम सुरु गरी २०७३ भदौमा काम सम्पन्न गर्ने सम्झौता
भएको थियो ।

थाक्थुहाङ आइ एस नेत्रेश्वरी जेभीले ७ वर्ष अगाडि २ करोड २१ लाख १८ हजार लागतमा एक वर्षमै निर्माण सम्पन्न गर्ने बताएको थियो । स्वास्थ्यचौकी भवन नहुँदा संस्थाबाट दिने सबै सेवा प्रभावित बनेको तुर्माखाँद गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एकेन्द्र बयकले बताए । ‘यहाँको स्वास्थ्यचौकीमा एक दिनमा कम्तीमा १ सय ५० भन्दा धेरै बिरामी आउँछन् । ५ भन्दा बढी सेवा एउटा साँघुरो कोठाबाट दिनुपर्दा धेरै कठिन भएको छ,’ स्वास्थ्य शाखा प्रमुख बयकले भने, ‘एउटै कोठामा बर्थिङ सेन्टर पनि छ । यस्तो जीर्ण भवनको एकै कोठामा बर्थिङ सेन्टर चलाउन झन् कठिन भएको छ ।’

स्वास्थ्य संस्था सञ्चालन र बर्थिङ सेन्टर सञ्चालनको मापदण्डविपरीत अहिले स्वास्थ्यचौकीबाट सेवा दिइरहेको बयकले बताए । ‘तुर्माखाँदको केन्द्रमा त्यति ठूलो भवन निर्माण हुन थालेको धेरै समय भइसक्यो । अहिलेसम्म अलपत्र अवस्थामा छ । यतातिर मापदण्डविपरीत स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता छ,’ उनले भने । उनका अनुसार पहिले स्वास्थ्यचौकीको काम सुरु भएको र बीचमा काम गर्न छोड्दा भवन निर्माण क्षेत्रमा घाँसपात उम्रिएको छ ।

कमलबजार नगरपालिका–९ मष्टाबण्डालीमा १० वर्षअगाडि निर्माण सुरु भएको स्वास्थ्यचौकी भवन पनि अहिलेसम्म अलपत्र अवस्थामा छ । २०६९ असारमा काम सुरु गरी २०७० असोजमा काम सम्पन्न गर्ने सम्झौता गरेको आईएस कन्स्ट्रक्सन डोटीले सम्झौताको १० वर्ष पुग्दासम्म पहिलो तल्ला चिनाइको काम मात्र सम्पन्न गरेको छ । १ करोड ५ लाख ३८ हजार लागतमा बन्ने उक्त भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको स्थानीयको भनाइ छ ।

मष्टाण्बण्डाली स्वास्थ्यचौकी निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीको प्रतिनिधि केही समय पहिला सम्पर्कमा आए पनि भवन निर्माणको काम नसकिएको कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक विष्टले बताए । ‘पहिलेको भन्दा अहिले केही काम भएको देखिन्छ । तर सम्पन्न भइसकेको छैन,’ उनले भने । तुर्माखाँद र मष्टाबण्डालीमा बन्न थालेको स्वास्थ्यचौकीका ठेकेदारहरू लामो समयदेखि सम्पर्कमा नआएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।

पटकपटक भवन निर्माणमा ढिलाइ भएको ताकेता गर्दा पनि ठेकेदारहरू नै सम्पर्कभन्दा बाहिर जाँदा भवन निर्माण नै अलपत्र बनेको उनले बताए । ‘तुर्माखाँद र मष्टाबण्डाली स्वास्थ्यचौकी भवन बनाउने ठेकेदारको अत्तोपत्तो छैन । यी भवनहरू सहरी विकासबाट बन्न थालेका हुन् । स्वास्थ्य कार्यालयले हेर्नुपर्ने कुनै आधिकारिक खबर आएको छैन ।

तर जिल्लामा बन्न थालेका स्वास्थ्य संरचनामा हाम्रो पनि चासो हुन्छ । धेरै पटक सम्पर्क गर्दा पनि ठेकेदार सम्पर्कमा आएका छैनन्,’ स्वास्थ्य प्रमुख ढुंगानाले भने । उनका अनुसार यो विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा भएको छ । धेरै पुराना भवनबाट सेवा दिन पनि गाह्रो छ । अहिले ठेकेदार खोज्ने काम भइरहेको छ । कान्तिपुरबाट

 

  • स्वास्थ्यचौकी
मङ्गलबार, फागुन ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.