काठमाडौं– महानगरपालिकाका मेयर बालेन साह आफूलाई राजीनामा दिन लगाउन खोजिएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई राजीनामा दिन लगाउन खोजिएको लेखेका हुन् ।
उनले लेखका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन।’ उनले किन यसरी सामाजिक सञ्जालमा राजीनामाको कुरा उल्लेख गरे भन्नेचाहिँ केही खुलाएका छैनन् । उनले सामाजिक सञ्जालमा दिने अभिव्यक्ति प्रायः राजनीतिक दलप्रति लक्षित हुने गरेको छ ।















