• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

संघमा बनेको समीकरणले मुख्यमन्त्रीलाई राहत

  •   आइतबार, फागुन १४, २०७९ मा प्रकाशित

धनगढी- राष्ट्रपति निर्वाचनका लागि राजनीतिक दलहरूबीच सङ्घमा बनेको नयाँ समीकरणले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई राहत भएको छ। पदमा रहिरहनका लागि उनले बहुमत प्राप्त गर्न सक्ने आधार सुनिश्चित भएपछि मुख्यमन्त्री शाहलाई राहत भएको हो।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायतका दलबीच राष्ट्रपति निर्वाचनका लागि समीकरण बनेको छ। दलहरूबीच सङ्घमा भएको सहमतिले कसैको पनि बहुमत नरहेको सुदूरपश्चिम प्रदेशमा सरकार चलाउन ठूलो सहयोग हुने
देखिएको छ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। कांग्रेसको नेतृत्वमा अहिले नेकपा (एकीकृत समाजवादी) पार्टी सम्मिलित सरकार छ। माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका उनले एक महिनाभित्रै विश्वासको मत लिनुपर्नेछ।

सत्तारूढ दल कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न सजिलो भएको बताए । उनले भने, ‘केन्द्रमा भएको सहमतिले अब विश्वासको मत प्राप्त गर्न सजिलो भएको छ।’ सम्भवतः अब नागरिक उन्मुक्ति पार्टीले पनि यो सरकारलाई विश्वासको मत दिने बमको विश्वास छ।

सुदूरपश्चिम प्रदेश सभामा दोस्रो ठूलो दल माओवादी केन्द्रले पनि कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने वातावरण बन्दै गएको बताएको छ। सो पार्टीबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य झपटबहादुर साउदले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताए ।

कांग्रेसले प्रतिपक्षी दल भएर पनि यसपालि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो। “त्यस्तै दुईवटा प्रदेशमा कांग्रेसले हाम्रो पार्टीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ,’ साउदले भने, ‘कांग्रेसले सहयोग गरेका कारणले पनि हामीले कांग्रेसलाई विश्वासको मत दिनुपर्छ ।’

सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिएमा प्रदेश सरकारमा सहभागी पनि हुने माओवादी नेताहरूको भनाइ छ। “विश्वासको मत दिइसकेपछि हाम्रो पार्टी सरकारमा पनि जान्छ,” नेकपा (माओवादी केन्द्र) का अर्का प्रदेश सभा सदस्य ओमविक्रम भाट (सरल) ले बताए । यद्यपि, विश्वासको मत दिने र प्रदेश सरकारमा सहभागी हुने टुङ्गो संसदीय दलको बैठकले लगाउने नेताहरूको भनाइ छ। ‘हाम्रो दलको बैठक छिट्टै बस्छ,’ प्रदेश सभा सदस्य साउदले भने, ‘सबै कुराको टुङ्गो त्यही बैठकबाट लाग्नेछ।’

सुदूरपश्चिमका मुख्यमन्त्री शाह मुख्यमन्त्रीमा नियुक्त भएको आधाभन्दा बढी महिना बितिसकेको छ। बहुमत नपुगेका कारण उनले विश्वासको मत पाउनका लागि दौडधुप बढाउनुभएको थियो।

त्यस्तै प्रदेश सभाबाट विश्वासको मत लिने तिथिमिति पनि तय गर्न सक्नुभएको थिएन। उनले विश्वासको मत प्राप्त गर्ने वातावरण बनेकाले अब छिट्टै नै विश्वासको मत लिनुहुनेछ। सम्भवतः १८ गते नै मुख्यमन्त्रीले विश्वासको मत लिनुहुने प्रदेश सभा सदस्य बमले बताए । ‘फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हो,’ उनले भने, ‘त्योभन्दा पहिले विश्वासको मत लिएर हामी राष्ट्रपतिको निर्वाचनमा भाग लिन्छौँ।’ ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत पु(याउनका लागि २७ जनाको समर्थन आवश्यक पर्दछ।

  • मुख्यमन्त्रीलाई राहत
आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.