भारत- भारतको राजस्थास्नको सिरोहीबाट सासू ज्वाईको एक रोचक प्रेमकथा सार्वजनिक भएको छ । एक ज्वाँई आफ्नै सासूलाई लिएर भागेपछि घटना सार्वजनिक भएको हो ।
त्यहाँ एक जना सासू लिएर भागेपछि ससुराले प्रहरी चौकीमा उजुरी दिएका छन् । घटना राजस्थानको सिरोही जिल्लाको सियांकारा गाउँको हो । उनका ज्वाइँ नारायण जोगीले त्यहाँको अनादरा चौकी निवासी रमेश जोगीकी श्रीमतीलाई लिएर भागेका हुन् ।
प्रहरी चौकीमा परेको उजुरीमा रमेशले ज्वाइँले श्रीमतीलाई प्रलोभनमा पारेर भगाएको आरोप लगाएका छन् । रमेशले श्रीमतीलाई लैजानअघि ज्वाइँले आफूसँग रक्सी पार्टी गरेको जानकारी गराएका छन् । नारायणले ससुरालाई रक्सी पिलाएका थिए । त्यसपछि उनी सासू लिएर भागेका हुन् ।
रमेशले भनेका छन्, ‘३० डिसेम्बरमा नारायण रक्सीको बो’तल लिएर मेरो घर पुगे । त्यसपछि उसले मलाई धेरै रक्सी पिउन लगाए । रक्सीले गर्दा मैले केही बुझ्न सकिनँ । साँझ ४ बजे उठ्दा श्रीमती र ज्वाइँ दुवैजना गएको देखेँ ।’ रमेशले दुवैलाई वरपर खोजेका पनि थिए ।
तर कसैलाई केही जानकारी थिएन् । त्यसपछि उनले प्रहरीलाई घटनाबारे जानकारी गराउँदै उजुरी दिएका हुन् । यस घटनामा अनादरा प्रहरी चौकी इन्चार्ज बलभद्र सिंहको बयान पनि बाहिर आएको छ । नयाँ वर्षका दिन साँझ नै पीडित रमेश जोगीले श्रीमती हराएको उजुरी दिएको सिंहले जानकारी गराए ।
समाचार अनुसार रमेशका तीन छोरी र एक छोरा छन् । उनका सबै छोरीहरु विवाहित छन् । योसँगै उनका ज्वाइँ नारायणका पनि तीन सन्तान छन् । उनले एक छोरीलाई पनि सँगै लिएर गएको खुलासा भएको छ । हाल प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।















