भोजपुर– भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका –१२ तिप्लेमा विहिबार बेलुका परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
चट्याङ लागेर स्थानीय नारायण भुजेलका १३ बर्षीय छोरा सरोज भुजेलको मृत्यु भएको हो । आफनै घरमा बसीरहेको बेला चट्याङ पर्दा घाइते भएका उनलाई उपचारका लागि तुम्लिङटार मनाकामना अस्पताल लग्दा अस्पतालले मृत घोषणा गरेको थियो ।
अर्का स्थानीय भक्तबहादुर भुजेलको २५ बर्षीय छोरा प्रदिप भुजेल घाइते भएका छन् । उनको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।















