काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी चैत १० गते सरकारलाई पूर्णता दिने तयारीमा छन् । शुक्रवार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको ती/चार दिनसम्ममा सरकारलाई पूर्णता दिइने बताए ।
प्रधानमन्त्रीले आज उपराष्ट्रपतिको चुनावपछि सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताए । प्रधानमन्त्रीले विश्वासको मत ६ गते लिँदैछन् । उनले सरकार विस्तार हुन कुनै पनि अफ्ठ्यारो नरहेको दाबी पनि गरे ।















