धनगढी- कैलाली बहुमुखी क्यापसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा २३६८ मत खसेको छ । यो कुल मतको ५४.६५ प्रतिशत हो ।
कुल मतदाता ४३३३ रहेकोमा २३६८ जनाले मतदान गरेका हुन् । अहिले मुजुल्का उठाउने काम भइरहेको र केही बेरमै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।













