• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ०४, २०८३
☰
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीका व्यापारी भन्छन्, ‘सटरको भाडा तिर्न धौधौ भयो’

  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित

धनगढी- धनगढीका व्यापारीहरूले सटर भाडा तिर्न धौधौ भएको बताएका छन् । पछिल्लो समय व्यापार, व्यवसाय चौपट भएपछि उहाँहरूलाई सटर भाडा तिर्न मुस्किल भएको हो । कोरोना महामारीले थला परेको व्यापार फष्टाउन नपाउँदै सडक विस्तारका लागि धनगढी बजारमा तोडफोड भएपछि व्यापार, व्यवसाय न्यून भएको उनीहरूको भनाइ छ ।

‘घर तोडफोड भएपछि चार महिना त सामान थन्क्याएर बस्नु प¥यो’, कपडा व्यापारी मुन्नालाल गुप्ताले भने, ‘व्यापार केही छैन । महिनाको भाडा तिर्न नै मुस्किल भइरहेको छ ।’ धनगढीमा ३५ वर्षदेखि व्यापार गर्दैआएको आफूले पहिलो पटक यस्तो सङ्कट झेलिरहेको उनले बताए । ‘पहिले बाहिरै कपडा राखेर व्यापार गर्दा राम्रो कमाई हुन्थ्यो’, उनले भने, ‘अहिले भाडा खर्च उठाउन धौधौ छ ।’

धनगढीको मुख्य सडक फराकिलो बनाउन धनगढी उपमहानगरपालिकाले सडक अधिकार क्षेत्रभित्र परेका संरचना गत दीपावलीपछि हटाउने कार्य थालेको थियो । उपमहानगरपालिकाको डोजर चलेपछि कतिपय व्यवसायी विस्थापित भएका छन् । यसैगरी, केही घरधनी घरबारविहीन हुन पुगेका छन् ।

कोरोनापछि अलि–अलि व्यापार व्यवसाय बढे पनि सटर तोडफोड भएपछि फेरि व्यापार घटेको जुत्ताचप्पल व्यवसायी शरण सिंहको भनाइ छ ।मासिक २० हजार रुपियाँ सटर भाडा तिर्दैआएको उल्लेख गर्दै उनले भने, ‘भाडा चर्को छ, तर व्यापार छैन । अहिले हामी घाटामा छौँ ।’ व्यापार नभएका कारण सामान थप्न पनि नसकेको उनले बताए । ‘बैङ्कबाट ऋण लिएर सामान थपौँ भने चर्को व्याज कसरी तिर्ने समस्या छ’ उनले भने, ‘अहिले त बैङ्कले व्यवसायीलाई ऋण दिन मानेका छैनन् ।’

धनगढी बजारको मुख्य सडक निर्माण हुँदासम्म आफूहरू व्यापार, व्यवसायबाटै पलायन हुने अवस्था आउने त हैन, भन्ने चिन्ताले व्यवसायीलाई पिरोलेको छ । सडक बन्न अझै धेरै वर्ष लाग्ने भएकाले तबसम्म व्यापार नै धराशायी हुने उहाँहरूको भनाइ छ ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले अहिले धनगढीको व्यापार ५० प्रतिशत घटेको बताए । पहिले घरधनीले सटरको मासिक १० हजार रुपियाँ भाडा लिदैंआएकोमा अहिले दुई हजार घटाएर आठ हजार गर्दा पनि तिर्न मुस्किल भइरहेको किराना व्यवसायी देवबहादुर साउँदले बताए । ‘कोरोनाभन्दा अगाडि व्यापार राम्रै थियो’, उनले भने, ‘अहिले चौपट भएको छ ।’

संरचना फुटाइएपछि व्यापारीहरू केही महिना सामान थन्क्याएर बस्न बाध्य भएका थिए । मर्मत सम्भार गरेर कतिपयले पसल राखी सके पनि धुलोका कारण व्यापार शून्यजस्तै भएको उनीहरूको गुनासो छ । यस्तै, कतिपय व्यवसायीले अझै पनि सामान राख्न नसकेको बताएका छन् । विभिन्न ठाउँमा अझै मर्मतको काम जारी रहेको छ ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले अहिले धनगढीको व्यापार ५० प्रतिशत घटेको बताए । ‘पछिल्लो समय बैङ्कको ब्याजदरले पनि धेरै समस्या भयो’ उनले भने, ‘कतिपय व्यापारी पेसाबाटै पलायन हुने अवस्था आएको छ ।’ कोरोना महामारीले गर्दा आर्थिक मन्दी भएको व्यवसायीहरूको भनाइ छ । मान्छेसँग पहिलेजस्तो पैसा नरहेका कारण सबैतिर व्यापार घट्दैगएको व्यवसायीको गुनासो छ । गोरखापत्रबाट

  • धनगढीका व्यापारी
बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप
सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
रास्वपाले के–के गर्‍यो निर्णय ?
सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था
माइक्रो गुडिरहेकै अवस्थामा आगलागी
भोटेकोशी बाढी : एक हजार ४३६ शव भेटिए

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.